राजनीति

वालुवाटारमा प्रधानमन्त्री र राजपा अध्यक्ष मण्डलबीच भेटवार्ता



काठमाडौं, १०पौष । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरुबीच भेटवार्ता भएको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्रीको निवास वालुवाटारमा राजपा अध्यक्ष मण्डलका सदस्यहरु प्रधानमन्त्री बीच भेटवार्ता भएको छ । राजपाले संविधान संशोधन लगायतमा आफूहरुको माग पूरा नभएको भन्दै त्यसै विषयमा छलफल हुने बताएका छन ।

 छलफलमा राजेन्द्र महतो, सदस्यहरु महन्थ ठाकुर, महिन्द्र राय यादव, शरदसिंह भण्डारी र राजकिशोर यादव सहभागी रहेका छन ।