काठमाडौं, १० पौष । संघीय संसद, प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठक स्थगित भएको छ ।
मंगलबार बिहान साढे ११ बजेको लागि बोलाइएको बैठक खानेपानी मन्त्री बिना मगर र सचिव गजेन्द्र ठाकुरले समय नदिएपछि बैठक स्थगित भएको जनाएको छ ।
बैठकमा मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा देखिएको समस्याबारे छलफल हुने कार्यक्रम रहेको थियो । समितिको बैठक पुस १२ गते ११ बजेसम्मको लागी स्थगित गरिएको शाखा अधिकृत दीपाकुमारी दुलालले जनाएकी छिन् ।










प्रतिक्रिया दिनुहोस्