काठमाडौँ, ११ पौष । राष्ट्रिपति विद्यादेवी भण्डारीले संघीय संसदको तेस्रो अधिवेशन हिउँदे अधिवेशन दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएको हो ।
अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरूले मन्तव्य दिने कार्यसूची छ । बुधबारको बैठकमा प्रशासकीय अदालत विधेयक र कर्मचारी समायोजन अध्यादेश पेश हुनेछ ।
त्यस्तै, राष्ट्रियसभामा भने राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन, विभिन्न राजनीतिक दलका नेताबाट शुभकामना मन्तव्य, कर्मचारी समायोजन अध्यादेश प्रस्तुत हुने भएको छ ।










प्रतिक्रिया दिनुहोस्