समाचार

लागुऔषध सहित २ जना पक्राउ



काठमाडौं, ११ पौष । कपनको सरस्वती नगरबाट अवैध लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध बेचबिखन भइरहेको भन्ने सूचना पाएपछि कपनबाट खटिएको प्रहरी टोलीले मङ्गलबारसाँझ उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २६ वर्षीया अञ्जु प्रधान ३१ वर्षीय चेतराज शिवकोटी रहेको प्रहरीले जनाएको छ ।उनीहरूबाट ब्राउन सुगर, मोबाइल तीन थान, लागुऔषधमा प्रयोग गर्ने मेसिन एक थान र २५ हजार बरामद  गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।