काठमाडौं, ११ पौष । राष्ट्रिय जनता पार्टी नेपालले देशभर जिल्लास्तरीय विस्तारित बैठक पुस १८ गते बोलाउने भएको छ ।
आज बुधबार बसेको बैठकले सबै जिल्लामा विस्तारित बैठक गरी सदस्यता वितरण अभियानलाई गति प्रदान गर्न जिल्ला अध्यक्ष मण्डललाइ निर्देशन दिएको हो ।
राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकले पार्टीको महाधिवेशन प्रयोजनका लागि साधारण र सक्रिय सदस्यता वितरण अभियानलाई माघ १५ गतेम्म थप्ने निर्णय समेत गरेको छ ।










प्रतिक्रिया दिनुहोस्