राजनीति

निर्मला हत्याको दोषी पत्ता लगाउनु सबैको जिम्मेवारी : अध्यक्ष प्रचण्ड



काठमाडौं, ११ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्मला हत्याको दोषी पत्ता लगाउनु सबैको जिम्मेवारी रहेको बताएका छन ।

आज संसदको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्मला हत्याकाण्डले सरकारको कार्यक्षमता र हैसियतमा प्रश्न उठाएको भन्दै ‘यसमा संलग्न दोषी पत्ता लगाउनु सबैको जिम्मेवारी रहेको बताए ।

आफ्नो पार्टीले यो घटनालाई चुनौतीका रुपमा लिएर अनुसन्धान गम्भीर रुपमा हुने बताए । साथै निर्मला हत्याकाण्डपछि भएका थुप्रै घटनामा प्रहरलिे सफलता पाएको उनको दाबी  गरे ।