काठमाडौं, १२ पौष । आज बिहीबार पश्चिमी वायुको प्रभावले पश्चिमसहित पहाडी भूभागको आशिंक बदली भएको छ ।
पश्चिमी पहाडी भूभागमा फाट्टफुट्ट पानी पर्नुका साथै उच्च हिमाली भेगमा हिमपात हुने अनुमान रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बेलुकीदेखि नै मौसममा सुधार आउने भए पनि दिउँसो पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा खुल्ने संभावना नरहेको जनाएको छ । काठमाडौंको आजको न्युनतम तापक्रम ६ दशमलव २ डिग्री पुगेको पूर्वानुमान महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्