धनुषा, १२ पौष । जनकपुरबाट ट्याक्टर चोरेर भागेको १ जनालाई ढल्केबरबाट प्रहरीको पक्राऊ गरेको छ ।
जनकपुरको बागवानीमा सञ्चालन गरेको बालुवा गिट्टीको डिपोमा राखेको ना १ त ५८८६ नम्बरको ट्याक्टर राति बुधबार राति चोरी गरेको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका ४ बस्ने वर्ष १८ का रामकुमार सहनी रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
ट्याक्टरको साँचो डिपोमै काम गर्ने एकजना कामदारले दिएपछि चोरी गरेर भागेको सहनीले प्रहरी समक्ष बयान दिएका छन् ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्