काठमाडौँ, १२ पौष । गृहमन्त्री रामबहादुर थापाले देशमा शान्ति तथा स्थितरता ल्याउन वार्ता र सम्वाद महत्वपूर्ण हुने बताउनुभएको छ ।
गृह मन्त्रालयमा आज विभिन्न मागको आधारमा आन्दोलनरत पक्षसँग वार्ता तथा छलफल गर्न गठित सरकारी र्वाा टोलीले तयार पारेको प्रतिवेदन बुझ्दै उहाँले गठित अधिकार सम्पन्न राजनीतिक वार्ता टोलीले शान्ति र स्थिरता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभएको छ ।
वार्ता टोलीले मुलुकमा द्वन्द्वरत अवस्था नरहेको जनाएको थियो । गैरकानूनी गतिविधि गर्ने एकाध समूहबाहेक सबै समूह विगतका क्रियाकलाप परित्याग गरी मूलधारको राजनीतिक प्रक्रियामा समावेश भएको टोलीले जनाएको छ ।
नेत्रविक्रम चन्द्र नेतृत्वका नेकपा माओवादीबाहेक राजनीतिक हैसियतका कुनै समूह नरहेको टोलीको निष्कर्ष










प्रतिक्रिया दिनुहोस्