काठमाडौँ, १२ पौष । पटक पटक सरकारको निर्णयलाई उल्ट्याइरहेको अदालतले मेलम्ची खानेपानी आयोजनाका मुख्य ठेकेदार इटालियन कम्पनी कोपराटिभा एण्ड सेमेन्टिस्टी सिएमसीडी रभिनाको धरौटी रोक्का गर्न सरकारलाई बाटो खोली दिएको छ ।
बिहीबार उच्च अदालत पाटनले सीएमसीको धरौटी रोक्का गर्न सरकारलाई बाटो खोलिदिएको हो । मेलम्ची आयोजनाको काम बीचैमा छाडेर हिँडेपछि सरकारले ठेकेदार कम्पनीको धरौटी रकम करिब ३ अर्ब रोक्का गर्न सरकारले नेपाल इन्भेस्टमेन्ट बैंक र स्टान्डर्ड चार्टर्ड बैंकलाई पत्राचार गरेको थियो । सरकारी निर्णयको विरुद्धमा ठेकेदार कम्पनी सिएमसी अदालतमा गएको थियो ।










प्रतिक्रिया दिनुहोस्