राजनीति

सरकारले तीन सय वटा विद्युतीय बस किन्ने



काठमाडौँ, १२ पौष । सरकारले काठमाडौं उपत्यकामा भइरहेको सवारी जाम तथा प्रदुषणलाई न्युनिकरण गर्ने योजनाका साथ उपत्यकामा चलाउन ३ सय वटा सावैजनिक तथा विद्युतीय बस किन्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले सरकारको लगानीमा विद्युतीय बस किन्ने निर्णय गरेको छ । भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्रालयले सार्वजनिक यातायात सम्बन्धी अवधारणापत्र स्वीकृत गरेको छ ।