भोजपुर, १३ पौष । भोजपुर जिल्लाको पूर्वी पौवादुम्मा गाउँपालिकामा सुन बनाइदिने भन्दै ठगी गर्ने ६ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
गाउँमा सुन बनाइदिने भन्दै सक्कली सुन लिने नक्कली सुन दिँदै ठगी गर्ने ६ जना समूहमा रहेका भारतीय नागरिकलाई पौवादुम्मागाउँपालिका–४ बाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोतिहारी, अंचल घोडासहन वडा नं १४ सरस्वती चौक विहार भारत बस्ने जितेन्द्र साह, रविन्द्र साह, लवकुश साह, श्रवणकुमार साह, रमेश कुमार र राकेश कुमार रहेका छन् ।
पौवादुम्मा गाउँपालिका वडा नम्बर ४ वास्तिमकी दिलमाया प्रधान, मेनुका प्रधान, बेनमाया प्रधानलाई गहना बनाई दिन्छु भन्दै ढगी गर्ने गरेको आधारमा प्रहरीले पक्राउ गरेको हो ।










प्रतिक्रिया दिनुहोस्