भद्रपुर, १३ पौष । झापाको मेचीनगर नगरपालिका–६ स्थित भानु टोलमा बिहीबार राति आगलागी हुँदा २२ घर पूर्णरूपमा नष्ट भएका छन् ।
राति करीब ८ बजेबाट स्थानीय छविलाल आङ्दम्बेको घरमा मैनवत्तीबाट सल्किएको आगो अनिन्यत्रित शुरु भएको आगलागी करीब एक घण्टापछि नियन्त्रणमा आएको थियो । मेचीनगर, भद्रपुर र विर्तामोडका तीन वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।
प्रहरीका अनुसार आगलागीबाट ६ वटा घर र १६ वटा टहरामा क्षति पुगेकाे र करिब डेढ करोडभन्दा बढीको नाेक्सानी भएकाे छ । घरका साथै होटल, कपडा पसल, दूध डेरी र किराना पसल पनि जलेर खरानी भएका छन् । आगाे सल्किएकाे आङदाम्बेको घर र आसपासका घर तथा टहरा चित्रा र फुसले बनाइएका थिए, साेही कारण आगाे छिटाे फैलिएकाे र बढी क्षति पुगेकाे जनाइएकाे छ ।
आगलागीका कारण भएको क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीपीडितलाई राहत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीको टोली आज बिहानै घटनास्थल पुगको छ ।










प्रतिक्रिया दिनुहोस्