काठमाडौं, १३ पौष । राष्ट्रियसभा नियमावली, २०७५ संशोधनका लागि ९ सदस्यीय मस्यौदा समिति गठन भएको छ ।
शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले १५ दिनभित्र मस्यौदा बुझाउने गरी समिति गठन गरेको जनाएको छ । राष्ट्रियसभा बैठकले राहदानी विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्विकृत गरेको छ ।
उक्त मस्यौदा समितिमा जितेन्द्र नारायण देव, जीवन बुढा, दिलकुमारी रावल थापा पार्वती, परशुराममेघी गुरुङ, रामनारायण विडारी, विद्यादेवी आले राना, वृषेशचन्द्र लाल, प्रमिला कुमारी र शेरबहादुर कुँवर रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्