Banner News

सरकारलाई ‘कठैबरा’ भन्ने अवस्था नरहेको प्रधानमन्त्रीको ओलीको दावी



काठमाडौं, १३ पौष ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारलाई ‘कठैबरा’ भन्ने अवस्था नरहेको दावी गरेका छन ।

शुक्रबार काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ‘कaठैबरा’ भन्ने अवस्थामा नरहेको उल्लेख गर्दैै दुनिँयाले सोचेभन्दा तीव्र गतिका साथ आर्थिक वृद्धि गर्ने दावी गरेका छन ।

प्रधानमन्त्री ओलीले देशलाई समृद्ध बनाउन सरकारले स्पष्ट नीति, योजना र कार्यक्रमका साथ काम गरिरहेको बताउदै सरकार देशलाई अघि बढाउन लागिपरेको उल्लेख गर्दै निराश नहुन पनि सबैलाई आह्वान गरेका छन ।

प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षभित्र देशमा असाधारण आर्थिक वृद्धि गर्ने घोषणा गर्दै नौ महिनाको अवधिमा कानुन निर्माण र संस्थागत संरचना निर्माणमा ध्यान दिनु परेकाले विकास, निर्माणको कामले गति लिन नसकेको उल्लेख गर्दै अब रफ्तारका साथ अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।