राजनीति

खटाएको ठाउँमा नजाने कर्मचारीलाई विदा : अध्यक्ष प्रचण्ड



काठमाडौं, १३ पौष । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीहरु सरकारले खटाएको ठाउँमा जानुपर्ने भन्दै जान नमान्ने कर्मचारीलाई विदा गर्नुपर्ने बताएका छन ।

शुक्रबार काभ्रेको चौरीदेउरालीको खाँडादेवी माविको स्वर्ण जयन्तीमा बोल्दै अध्यक्ष प्रचण्डले  भने राष्ट्रसेवकहरु संविधानको भावना अनुसार, ऐन कानुनको व्यवस्था अनुसार देशको कुनै भागमा सरकारले खटाएको ठाउँमा जानुपर्छ । यदि जान तयार नहुने हो भने जान नमान्ने कर्मचारीलाई राज्यले विदा गर्नुपर्छ र नयाँ कर्मचारी भर्ती गरेर भए पनि संविधान कार्यान्वयनतिर लाग्नुपर्छ, यो मान्यतामा हामी छौं’ ।

पार्टी स्थायी कमिटीको बैठक लोकतान्त्रिक वातावरणमा छलफल गरेर सर्वसम्मत निर्णय गर्दै समापन भएको बताउदै ‘पुस महिनाभित्र देशैभरी सबै तलैसम्म पार्टी एकता जनसंगठनको एकता गर्ने निर्णय गरिएको बताएका छन ।

साढे २ सय वर्षदेखि रहेको राजनीतिक पद्धति अन्त्य गरेर भर्खरै नयाँ पद्धति सुरु भएको भन्दै उनले भने  ‘हामी नयाँ सिष्टम संरचना र मान्यतामा गयौं, नयाँ संरचना सेट गर्न केही समय लागेको छ’ ।