सम्पादकीय

क्रिश्चियन धर्मका कारण विवादित संस्था ‘टिच नेपाल’ निलम्बित, बैंक खाता रोक्का



ललितपुरको भनिमण्डलमा पाँच वर्षदेखि संचालित ‘टिच नेपाल’ नामक गैह्र सरकारी संस्थालाई हालका लागि निलम्बन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संस्थाले प्रशिक्षार्थी शिक्षकको लागि केही साताअघि खुलाएको विज्ञापनका कारण विवादमा आएको थियो ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रमुख प्रेमराज जोशीका अनुसार संस्थालाई हालको लागि निलम्बन गरिएको हो । टिच नेपालले हालका लागि कुनै कारोबार नगर्न, विज्ञापनको प्रक्रिया तरुुन्त बन्द गर्न तथा बैंक खाता रोक्का गर्नका लागि पत्राचार गरिसकेको बताए । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।