काठमाडौं, १४ पौष । गोकर्णेश्वर नगरपालिका- ४ मा रहेको धागो कारखानामा आज आगलागी भएको छ ।
उक्त कारखानामा बिहान ४ बजे मेशिन सर्ट भएर आगलागी हुँदा करिब दुई करोड रुपैयाँका सामग्री जलेको प्रहरीले जनाएको छ ।
आगो निभाउन काठमाडौं महानगरपालिकाको दुई, ललितपुर महानगर र ठिमी नगरपालिकाको एक एक वटा गरी सात वटा दमकल प्रयोग गरि आगो पूर्णरूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्