काठमाडौँ, १४ पौष । प्रधानन्यायाधीशमा प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जवराका विरूद्धमा महाअभियोग लगाउनुपर्ने माग गरेको छ ।
ऐतिहासिक धरोहर तथा सार्वजनिक सम्पदा संरक्षण अभियानका संयोजक जफरुल हुसेन अन्सारीले सार्वजनिक जग्गालाई अदालतको आदेशबाट आफन्तको नाममा कायम गराएको पाइएको भन्दै प्रस्तावित प्रधानन्यायधिस चोलेन्द्रलाई महाअभियोग लगाउनु माग गर्नुभएको छ । चोलेन्द्रलाई प्रधानन्याधिस नभई मदमुक्त बनाउनेपर्नेमा संयोजक अन्सारीले माग गर्नुभएको छ ।
अन्सारीका अनुसार वीरगञ्ज महानगरपालिकामा रहेको ४ बिघा क्षेत्रफलमा रहेको धार्मिक सम्पदा सालो नाता पर्ने प्रमोद बिक्रम शाहलाई दिलाएको संयोजक अन्सारीले बताउनुभयो ।
अन्सारीले वीरगञ्जको सार्वजनिक चार बिगाहा जमिन प्रमोद विक्रम शाहले हडपेपछि २०६५ असार २६ गते जिल्ला अदालत र पुनरावेदन अदालतले २०६७ असार २८ गते शाहको विपक्षमा फैसला गरेको बताउनुभयो । तर शाहले सर्वोच्च पुनरावेदनका लागि निवेदन दिएपछि जिल्ला अदालत र पुनरावेदन अदालतको फैसलालाई उल्टाउदै चोलेन्द्रशम्शेरको इजलासले प्रमोद विक्रम शाहको नाममा लालपूर्जा कायम गरिदिएको बताए ।
त्यस्तै अर्का उजुरीकर्ता पुण्य गौतमले पनि चोलेन्द्रलाई प्रधानन्यायाधीश बनाए देश नै दुर्घटनामा पर्न सक्ने चेतावनी दिनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्