काठमाडौँ, १४ पौष । श्रम, रोजगार तथा सामाजिक सुरक्षा गोकर्ण विष्टको विशेष पहलमा सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि आइतबारदेखि प्रदेशबाटै पुनः श्रम स्वीकति जारी गर्ने भएको छ ।
वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहज बनाउन सरकारले आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति जारी गर्न लागेको हो ।
पहिलो चरणमा आइतबार प्रदेश २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने लगायत काम पनि प्रदेशस्तरमै हुने मन्त्रालयले जनाएको छ ।
अन्य प्रदेशका श्रम तथा रोजगार कार्यालयमा पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रवाह गर्ने व्यवस्था अन्तिम चरणमा पु¥याइएको छ । ती कार्यालयबाट पनि चाँडै सेवा प्रवाह गरिने तयारी मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्