समाचार

मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु, छोरा घाइते



महोत्तरी, १५  पौष । महोत्तरीको भङ्गाहा नगरपालिका–२ मा आमा छोरा चढेको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु भएको छ  भने छोरा घाइते भएको छ ।

शनिबार साँझ बखरीबाट ज८प ५४४५ नंको मोटरसाइकलमा चढेर सिंग्याही बजारमै दुर्घटना हुदा भङ्गाहा नगरपालिका–२ बखरी बस्ने ४० वर्षीया आमा लक्ष्मीनियादेवी सिंहको मृत्यु भएको छ भने छोरा १६ वर्षीय मनिष सिंह गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आमा लक्ष्मीनियादेवी सिंहलाई उपचार लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ भने छोराको अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।