राजनीति

शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न र आवासको समस्याबाट पीडित हुनु पर्दैन : प्रवक्ता श्रेष्ठ



गोरखा, १५ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोही पनि नेपाली जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न र आवासको समस्याबाट पीडित हुनु नपर्ने बताउनुभएको छ ।

गोरखाको बारपाकमा  प्रभु बैंकको शाखा कार्यालयको उद्घाटन कार्यक्रममा प्रवक्ता श्रेष्ठले सवै जनताले अनुभूति गर्ने गरी विकास र समृद्धिको दिशामा सरकारले काम गरिरहेको दाबी गर्नुभएको छ । उहाँले सरकार गठन गरेको ९ महिना मात्र भएकाले अहिले नै सरकारले केही गरेन भनेर भन्ने स्थिती नभएको बताउनुभयो । उहाँले सरकारले विकास र समृद्धिको बाटो तयार गरेको र अब तत्कालै त्यसको नतिजा आउन थाल्नेमा सवैलाई ढुक्क हुन आग्रह गर्नुभयो ।

वर्तमान सरकारले सबैखालका विदेशी हस्तक्षेपलाई बन्द गरी आफ्नो भाग्य र भविस्य निर्माणका लागि आफैँ निर्णय गर्ने हैसियतमा नेपाली जनतालाई पु¥याएको नेता श्रेष्ठले दावि गर्नुभयो ।

सरकारले सबै मजदूर तथा श्रमजीवी जनताको जीवनस्तरमा परिवर्तन ल्याउन योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको उहाँको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले भूकम्पपछिको पुनःनिर्माणका काम पछिल्लो चरणमा तीव्रगतिमा अघि बढेको भन्दै लाभग्राहीको सूचीमा नपरेका वास्तविक भूकम्पपीडितको गुनासा तत्काल सम्बोधन हुने बताउनुभयो । शैक्षिक बेरोजगारलाई व्यवसाय सञ्चालन गर्नेगरी प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको उहाँले बताउनुभयो ।