काठमाडौं, १५ पौष । भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा बन्धक बनाइएका नौ नेपाली महिलालाई उद्धार गरिएको छ ।
सात महीनादेखि वैदेशिक रोजगारीको प्रलोभनमा पारेर खाडी मुलुक लैजाने भन्दै उनीहरुलाई होटलमा राखिएको थियो । उद्धार गरिएका महिला रसुवा, सुनसरी, मोरङ, दाङ, पाल्पा, रुपन्देही र बागलुङलगायत जिल्लाको रहेको बताइएको छ ।
उनीहरुलाई काँकडभिट्टा सीमानाकाको प्रयोग गरी सामान किन्न तथा घुम्न जाने भनी झुटो बोल्न लगाई सीमापार गराइएको बताइएको छ ।कपिलवस्तुको कृष्णनगर नाकाबाट उनीहरुलाई स्वदेश फिर्ता गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्