सिन्धुपाल्चोक, १६ पौष । मेलम्ची नगरपालिकाको गुफाडाँडामा आजदेखि ‘राष्ट्रिय जलवायू सम्मेलन २०७५’ सुरु हुँदैछ ।
आज बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेपछि सम्मेलन सुरु हने बताइएको छ । दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा ७७ ओटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा विषय विज्ञहरुले सम्मेलनमा छलफल गर्ने भएको छ ।
स्थानीय, प्रदेश र केन्द्रमा जननिर्वाचित सरकार बनेपछि सबै तहले जलवायु परिवर्तनबाट बच्न अनुकूलनको योजना बनाउने तयारी गरिरहँदा सम्मेलन आयोजना गरिएको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्