काठमाडौँ, १६ पौष । प्रमुख प्रतिपक्षि दल नेपाली काग्रेसका सभापति शेरहादुर देउवाले आफ्नो पार्टी कम्युनिष्टहरुसँग समाजबाद बारे बहस गर्न तयार रहेको बताउनुभएको छ ।
महासमिति बैठकपछि पार्टीले विभिन्न समूहसँग गरिरहेको अन्तरक्रियाकै क्रममा आइतवार पत्रकार एवं बुद्धिजीवीसँग भएको भेटघाटमा उहाँले पार्टीले दलित, जनजाति, मधेशी, महिला, अल्पसङ्ख्यक र सबै धर्म र विचारको संरक्षण गर्न चाहेको बताउनुभएको छ ।
सभापति देउवाले काँग्रेस समावेशी र पारदर्शी पार्टी भएको बताउनुभयो । नेपाली काँग्रेसले राजनीतिलाई धर्मसँग मिलाउन नचाहेको स्पष्ट पाुर्नभएको छ । पार्टीको कार्यसूची धर्म नभएको र धर्म बोकेर राजनीति नगर्ने पार्टीको भनाइ छ ।
उहाँले एक प्रसङ्गमा निर्मला पन्त हत्या प्रकरणमा काँग्रेस वा कम्युनिष्ट वा प्रहरी जो दोषी भए पनि छाड्न नहुनेमा जोड दिँदै पत्रकारले पनि दोषी खोज्न सहयोग गर्नुपर्ने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्