काठमाडौँ, १६ पौष । प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निमुखालाई न्याय तथा विपन्नलाई आयको वातावरण सिर्जना गुर्न नै सच्चा समाजवाद हुने बताउनुभएको छ ।
महासमिति बैठकपछि पार्टीले विभिन्न समूहसँग गरिरहेको अन्तरक्रियाकै क्रममा आइतवार पत्रकार एवं बुद्धिजीवीसँग भएको भेटघाटमा उहाँले भन्नुभयो, ‘निमुखालाई न्याय र विपन्नलाई आय’ नै सच्चा समाजवाद हो र समाजवाद मिसिएको लोकतन्त्र नै सच्चा समाजवाद हो भन्दै पार्टीले कम्युनिष्टहरुसँग समाजवादबारे बहस गर्न चाहेको स्पष्ट गर्नुभयो । पार्टीले राजनीतिलाई सिद्धान्तमा उभिने र सम्मानित बनाउन चाहेको पनि उहाँले बताउनुभयो ।
महामन्त्री डा. शशाङ्क कोइरालाले कम्युनिष्टहरुले आफूसँग जति छ त्यसलाई बराबरी वितरण गर्न चाहेको तर काँग्रेसले उत्पादन वृद्धि गरी बराबरी बाँड्न चाहेको भन्दै दुई दलको समाजवादको परिभाषा यसरी नै फरक भएको विचार व्यक्त गर्नुभयो ।
पार्टी उपसभापति विमलेन्द्र निधिले आगामी दिनमा सदन र संसद्मा पार्टीको भूमिका बढाइने, प्रशिक्षण एवं सङ्गठन सुदृढ गरिने तथा निर्वाचन जित्न निरन्तर तयारी गरिने जानकारी दिनुभयो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले पत्रिकाका स्तम्भकार, नागरिक समाज आदिसँग निरन्तर अन्तरक्रिया गरिरहेको र आगामी दिनमा पनि सुझावहरु लिइरहने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्