समाचार

प्रहरीलाई घुस दिन खोज्ने २ जना पक्राउ



काठमाडौं, १६ पौष । नागढुंगाको चेक प्वाइन्टबाट प्रहरीलाई घुस दिन खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ९४६९ नम्बरको यात्रुबाहक बसको सहचालक राम बहादुर सुवेदी र सन्धिखर्कका जगत बहादुर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले कागजातहरू माग्दा नदेखाई प्रहरी नायब निरीक्षक विश्वनाथ त्रिपाठीलाई १५ सय घुस दिन खोज्दा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।