काठमाडौँ, १६ पौष । तामाङ समुदायको सांस्कृतिक पर्व सोनम ल्होसारका लागि तेमाल र रोशी गाउँपालिकाले तीनदिन सार्वजनिक बिदा दिने भएको छ ।
तामाङ जातिको बाहुल्यता रहेको सो गाउँपालिकाले आगामी माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले बताएका छन ।
तेमाल गाउँपालिकामा ८३ प्रतिशत तामाङ समुदायको बसोबास रहेको र तामाङ समुदायले सोनम ल्होसारलाई आफ्नो मुख्य सांस्कृतिक पर्वको रुपमा मनाउने भएकाले बिदा दिइएको गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर मोक्तानले जनाएको छ ।
संविधानले स्थानीय सरकारलाई दिएको अधिकारको आधारमा ल्होसार पर्वमा सार्वजनिक विदा दिएको उक्त गाउँपालिकाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्