विराटनगर, १८ पौष । पूर्वाञ्चल भ्रमणमा रहेनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको अवलोकन भ्रमण गर्नुहुने भएको छ ।
सो अवसरमा क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले आज आयोजित पत्रकार सम्मेलन गरी राष्ट्रपति भण्डारीलाई अभिनन्दन गरिने जानकारी दिनु भएको छ ।
राष्ट्रपति भण्डारीले सो क्याम्पसमा विसं २०३९–४१ मा मानविकी सङ्कायमा राजनीतिशास्त्रमा स्नातकोत्तर तहमा अध्ययन गर्नुभएको थियो । विसं २०४० मा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उहाँ कोषाध्यक्षमा समेत विजयी हुनुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्