नुवाकोट, १९ पौष । नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हुदा विद्युत् उत्पादन बन्द भएसँगै संचालनमा आाउन एक साता लाग्ने भएको छ ।
बुधबार साँझ ६ः३० बजेतिर उक्त उत्पादन गृहमा आगलागी हुँदा छ दशमलव छ केभीको जेनेरेटर जलेर पूर्णरूपमा क्षति भएको छ । आगलागीले क्षति पु¥याएका उपकरण मर्मत र परिवर्तन गर्न रु एक करोडभन्दा बढी लाग्ने देखिएको छ ।
आगलागीका कारण उक्त केन्द्रबाट विद्युत् उत्पादन बन्द हुँदा नुवाकोटसहित रसुवा र धादिङका केही स्थानमा विद्युत बन्द भएकाले राष्ट्रिय प्रसारणलाइनमार्फत गए रातिदेखि विद्युत उपलब्ध गराइएको छ ।










प्रतिक्रिया दिनुहोस्