विश्व

नोरिल्स्क विश्वकै चिसो सहर



एजेन्सी, १९ पौष । विश्वकै सबैभन्दा चिसो सहर रुसको साइबेरियास्थित नोरिल्स्क सहर हो ।  उक्त सहरको न्यूनतम तापक्रम माइनस ६१ डिग्री सेल्सियस सम्म तल र्झदछ । जबकी त्यहाँको वाषिर्क औषत तापक्रम चाहीँ माइनस १० डिग्री सेल्सियस रहेको छ ।

नोरिल्स्कमा वर्षको ९ महिना हिउँ जमिरहन्छ र हरेक तिन दिनमा हिमतुफान आउँछ । डिसेम्बर देखि जनवरी सम्म सूर्य नदेखिने हुनाले दुई महिनासम्म त्यहाँ अँध्यारो हुन्छ ।

नोरिल्स्क रुसको सबैभन्दा धनी सहर हो । जहा विश्वकै ठूलो प्लाटिनम, पेल्लेडियम र निकेल धातुको भण्डार रहेको छ । साथै नोरिल्स्क विश्वको सबैभन्दा प्रदुषित सहर पनि हो । जहाँ खानी तथा प्रशोधनको काम भैरह्न्छ जसले गर्दा धेरै मात्रामा सल्फर डाइअक्साइड ग्यास निस्किरहन्छ ।