गाँजरमा प्रशस्त मात्रामा भिटामिन ए, बिटा क्यारोटीन, मिनरल्स,एन्टी अक्सिडेन्ट हुन्छ । गाजरले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउँछ ।
गाँजर खानुका फाइदा :
१. गाँजर खानाले आँखा तेजिलो हुनुका साथै मोतिबिन्दु, रतन्धो लगायतका समस्या समाधान गर्न मद्दत मिल्छ ।
२. गाँजरको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरमा शक्ति पैदा गर्छ ।
३. गाँजरमा प्रशस्त मात्रामा भिटामिन इ हुन्छ । जसले रगतमा क्यान्सरका कोष बिकसित हुनबाट रोक्छ ।
४. गाँजरमा हुने क्याल्सियमले महिला तथा बालबलिकाको हड्डीको विकासमा सहयोग गर्छ ।
५. गाँजर नियमित सेवनले छाला चाउरी पर्ने, सुख्खा हुने, धब्बा देखिने लगायतका समस्या कम हुन्छन् ।
६. गाँजरमा भएको भिटामिन ए, एन्टिअक्सिडेन्ट लगायतका तत्वले छालालाई घामबाट बचाउँछ ।
७. गाँजरको नियमित सेवनले पाचन शक्ति बढाउनुका साथै अल्सर तथा फोक्सो, स्तन, कोलोन क्यान्सर जस्ता खतरनाक रोग लाग्नबट बचाउँछ ।
८. गाँजर खानाले शरीरमा यौनक्षमतामा बृद्धि ल्याउनुका साथै मूलाको रसमा गाजरको रस मिलाएर सेवन गर्नाले यौन क्षमता बढाउन मद्दत मिल्छ ।
९. चुकन्दर, पालुंगो र गाजरलाई कोरेर दूधमा मिसाएर मज्जाले उमाल्नुस् र दिनदिनै पिउनुस् । शरीरमा रगतको कमी हुन पाउँदैन ।
१०. जाडोमा दिनदिनै गाजर वा त्यसको जुस सेवन गर्दा शरीर तातो रहन्छ । गाजरको रसमा मरिच मिसाएर पिउँदा रुघाखोकी र कफको समस्या कम हुन्छ । एक सय पचास ग्राम गाजर, तीन लसुन र ल्वाङको अचार बनाएर दिनदिनै बिहान खाँदा पुरानो रुघाखोकी समेत निको हुन्छ ।
प्रतिक्रिया दिनुहोस्