समाचार

‘प्रयागराज पाण्डे फाउण्डेशन’को अध्यक्षमा विष्ट



ललितपुर, २० पौष । वनस्पति क्षेत्रको विकास र श्रीवृद्धि गर्ने उद्धेश्यले वनस्पतिविद्हरुको सक्रियतामा स्थापित ‘नेपालका प्रथम बोटानिष्ट प्रयागराज पाण्डे फाउण्डेशन’को पहिलो साधारणसभाले वनस्पतिविद् मधुसुदन बिष्टको अध्यक्षतामा १५ सदस्यीय कार्यकारिणी समिति चयन गरेको छ ।

कान्तिपुर भ्याली कलेजमा आयोजित साधारण सभाले एक वर्ष कार्यकालका लागि सो कार्यसमिति चयन गरेको हो । सो संस्था काठमाडौं जिल्ला प्रशासन कार्यालयमा २०७५ कात्तिक २९ गते दर्ता भएको थियो ।

३ नं प्रदेशसभा सदस्य माधवप्रसाद पौडेलद्वारा नेपालका पहिलो वनस्पतिवीद् प्रयागराज पाण्डेको तस्वीरमा माल्यार्पण गरी उद्घाटन गरेको सो सभाले उक्त फाउण्डेशनको सह—अध्यक्षमा अर्थविद् विमलराज पाण्डे, प्रथम उपाध्यक्षमा वनस्पतिविद् डा.महेश कुमार अधिकारी, द्धित्तिय उपाध्यक्षमा वनस्पति तथा शिक्षाविद् पुष्पमान अमात्य र तृतिय उपाध्यक्षमा औषधिवीज्ञ धर्मात्मालाल श्रीवास्तव, महासचिवमा वनस्पतिविद् हरिकृष्ण सैंजू, सचिवमा वनस्पतिविद् महेन्द्रनाथ सुवेदी, कोषाध्यक्षमा वनस्पतिविद् नरेन्द्रकुमार भुसाल, सहकोषाध्यक्षमा बैंकर उषा बाबा जोशी चयन हुनुभएको छ ।