काठमाडौं, २० पौष । काठमाडौंको महाराजगञ्ज स्थित सडकमा चिसोले कठ्याङ्ग्रिएर १ जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान सडकमा लडिरहेको एक पुरुष देखेपछि प्रहरीले शिक्षण अस्पताल पुर्याएका थिए । नाम थर, ठेगाना नखुलेको उनको अस्पताल पुर्याउने वित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको मृत्यु चिसोले कठ्याङ्ग्रिएर हुन सक्ने प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्