समाचार

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटआज हुँदै



काठमाडौं, २१ पौष । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको खेलाडी खरिद बिक्री (अक्सन) आज हुने भएको छ ।

धनगढी क्रिकेट एकेडेमीले खेलाडी अक्सन आज बिहान ११ बजेदेखि शुरु हुने जनाएको छ ।

अक्सनका लागि २ सय ५ खेलाडीले नाम दर्ता गराएका छन् । खेलाडीले न्युनतम ३० हजार रुपैयाँदेखि २ लाख ५० हजार रुपैयाँसम्म मूल्य राखेर नाम दर्ता गराएका छन् ।

डीपीएलमा चौराहा धनगढी, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्सले प्रतिस्पर्धा गर्ने छन् ।