ललितपुर, २१ पौष । ललितपुरको महाँकाल गाउँपालिकास्थित चन्दनपुर बजारमा आगलागी हुँदा २ पसल जलेर नष्ट भएका छन् ।
शुक्रबार राति २ बजे आगलागी हुँदा तारानाथ तिमल्सिनाको टिनले छाएको टहरामा रहेको खुवा पसल र फर्निचर पसल पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो बिहान साढे ३ बजे नियन्त्रणमा आएको र आगलागीबाट झण्डै १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागी के कारण लागेको खुल्न नसकेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्