मनोरञ्जन

गायक जयन र मोडल जीजीको ब्रेकअप



एजेन्सी, २१ पौष ।  गायक जयन मल्लिक र तथा अमेरिकी सुपर मोडल जीजी हदिदबीच ब्रेकअप भएको छ ।

उनिहरु सन् २०१५ देखि एकअर्कालाई डेट गरिरहेका थिए । जयन र जीजीको ब्रेकअप भएको खबर सार्वजनिक भएको छ ।

जीजी हदिद र जयन मल्लिकबीचको सम्बन्ध २०१८ को नोभेम्बर महिनादेखि नै बिग्रिएको बताइएको छ । जीजीले जयनसँगको अन्तिम तस्बिर अक्टोबर महिनामा सेयर गरेकी थिइन् ।

सुपर मोडल जीजी हदिदले जयनसँगको प्रेम सम्बन्धलाई अगाडि बढाउन धेरै प्रयास गरे पनि जयन मल्लिकको तर्फबाट यस सम्बन्धलाई अगाडि बढाउन कुनै प्रयास नभएपछि ब्रेकअप भएको समाचारमा जनाइएको छ ।