राजनीति

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक



काठमाडौं, २१ पौष । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक माघ १० बोलाएको छ ।

आज विज्ञप्ति जारी गर्दै कांग्रेसले केन्द्रीय कार्य समिति बैठक माघ १० गते बिहीबार विहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बोलाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘माघ १० गते बिहीबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७५ बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

पार्टीको हालै सम्पन्न महासमिति बैठकपछि पहिलो पटक केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।