समाचार

भूकम्पको धक्का



दार्चुला, २२ पौष । छिमेकी देश भारतको उत्तराखण्ड प्रदेश केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुस गरिएको छ ।

भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामवाट दक्षिण पश्चिम २९ किलोमिटर भारतमा रही शनिबार राति १० बजेर १ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पका कारण कुनै पनि क्षति नभएको जनाईएको छ ।