तनहुँ, २२ पौष । तनहुँमा आज बिहान बेथेल मल्टिप्रोपोज इन्जिनियरिङ कपडा उद्योगमा आगलागी भएको छ ।
तनहुँको व्यास नगरपालिका–४, सिमलटारमा रहेको बेथेल मल्टिप्रोपोज इन्जिनियरिङ कपडा उद्योगमा आगलागी हुदा करिब २२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागी दमकल, नेपाली सेना, प्रहरी, स्थानीयवासीलगायतको सहयोगमा बिहान साढे ९ बजे नियन्त्रणमा आएको र उद्योगमा वल्डिङ गर्ने क्रममा आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्