समाचार

सुगतरत्नलाई कालोमोसो दलेको आरोपमा १ जना पक्राउ



काठमाडौं, २२ पौष । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारमाथि कालोमोसो दलेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी युवा लिगका सचिवालय सदस्य सुरेश तामाङलाई चन्द्रागिरी–४, थानकोटबाट महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ ।

सो घटनामा तामाङ संलग्न देखिएकाले पक्राउ गरिएको र घटनामा संलग्न अन्यको खोजी भइरहेको अनुसन्धान महाशाखाले जनाएको छ ।