काठमाडौँ, २२ पौष । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसको संसद अवरोधका बाबजुत पनि निवृत्तिभरण कोष सम्बन्धी विधेयकको प्रतिवेदन पेश भएको छ ।
संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक वक्तव्य दिनुभएको थियो । उक्त बक्तव्य पछि प्रमुख प्रतिपक्षिदल लगायतका केही दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्न नपाएको भन्दै नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेका छन् ।
सोही बिषयमा कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख महराले ‘सिमित सदस्यलाई प्रश्न गर्न अनुमति दिन्छु’ भन्दै मिनेन्द्र रिजालको नाम लिनुभए पनि रिजालले महराको प्रस्ताव अस्वीाकर गर्नुभयो । सांसदले सोध्न खोज्दा सोध्न पाउनुपर्छ, जवाफ दिनु प्रधानमन्त्रीको जिम्मेवारी हो’ उहाँले भन्नुभयो ।
मेरो गोरुको बाह्रै टक्का भने जस्तै प्रतिपक्षिल कांग्रेसले आफ्नै मात्र कुरा एकोहोरो बयान गरिरहयो भने सभामुखको निर्देशन समेत पालन गरेन । संसद जस्तो गरिमामय ठाउँमा सभामुखको निर्देशन पालना नगर्नु सायदै संविधानलाई लत्याउने प्रयास जस्तो देखियो । संविधानत सार्वजनिक वक्तव्य पछि प्रश्न गर्न दिने की नदिने भन्ने पूर्ण अधिकार सभामुखमा निहित रहेको हुन्छ ।
पटक पटकको आग्रहलाई प्रतिपक्षिदलले वेवास्ता गरेपछि सभामुख कृष्ण बहादुर महराले जवाफि निर्णय गर्दै प्रश्न गर्ने कार्यक्रम हटाएको सूचना दिँदै अर्थ समितिका सभापति कृष्ण दाहाललाई निवृत्तिभरण कोषसम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्न समय दिनुभयो । कांग्रेस सांसदहरुको नाराबाजीका बीच दाहालले प्रतिवेदन पेश गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्