समाचार

काठमाडौंसहित देशका पहाडी भूभागमा पानी पर्ने सम्भावना



काठमाडौं,२३ पौष । उपत्यकासहित देशका केही पहाडी भूभागमा आज  पानी पर्ने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण आज उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकोसमेत सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार काठमाडौंको न्युनतम तापक्रम ६ दशमलव ५  डिग्री सेल्सियस रहेको छ ।