समाचार

नवलपुरमा बस दुर्घटना : २३ जना घाइते



नवलपरासी, २३ पौष । नवलपुरको मध्यविन्दुमा यात्रुवाहक बस पल्टिँदा २३ यात्रु घाइते भएका छन् ।

सुर्खेतबाट काठमाडौंतर्फ आउँदै गरेको ना५ख ४६९६ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत मध्यविन्दु–११, बाहुनेकुनामा सोमबार बिहान करिब ३ बजे दुर्घटना भएको हो । बसमा सवार ३४ यात्रुमध्ये २३ घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

घाइतेको अवस्था मध्यम तथा सामान्य रहेको र उनीहरुलाई उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।