समाचार

माइक्रोबसको ठक्करबाट एकको मृत्यु, ४ घाइते



काठमाडौं, २३ पौष । सामाखुसीमा सडक क्रस गरिरहेको मानिसलाई माइक्रोबसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

यस्तै अन्य ४ जना घाइते मध्ये १ जना गम्भीर रहेको छ भने  उनको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरीले बताएका छन

अन्य तीन घाइतेको ग्रीन सिटी अस्पतालमा सामाखुसीमै उपचार भइरहेको छ । मृत्यु हुनेमा धम्बाराहीकी सीता दाहाल रहेकी छिन् ।

कलंकीबाट बौद्ध–थलीतर्फ जाँदै गरेको बा १ ज ९७६६ नम्बरको अनियन्त्रित माइक्रोले उनीहरुलाई ठक्कर दिएको र उक्त माइक्रो र त्यसका चालकलाई नियन्त्रणमा लिए अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।