सम्पादकीय

हिमालपारिको तापक्रम माइनस ७ मा, ताल जम्न थाले



हिमाली जिल्लामा अधिक चिसोका कारण तालतलैया जम्न थालेका छन् । तालको पानी जम्ने गरी मुस्ताङमा चिसो बढेको छ । चिसोका कारण बजार सुनसान छ भने मान्छेको आउजाउ पनि शून्यजस्तै भएको छ ।

‘तालको पानीसमेत जम्ने गरी चिसो बढेको छ,’ दाहालले भने, ‘बिहानको चिसो झनै बढी छ। माइनस ७ डिग्रीसम्म तापक्रम ओर्लेको छ ।’ उनका अनुसार मंसिर अन्तिम साता उच्च हिमाली भेगमा आंशिक मात्रामा हिमपात भए पनि सदरमुकाम जोमसोम आसपासमा समेत हिमपात भएको सिजनको यो पहिलोपटक हो ।

‘पहिलोपटकको हिमपातले यहाँ किसान त खुसी भएका छन् । चिसो बढेर बसाइ असहज बनेको छ,’ उनले भने, ‘पानी जमेपछि दैनिकी अप्ठेरो हुन्छ ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।