समाचार

त्रिभुवन विमानस्थलको उडान प्रभावित



काठमाडौं, २४ पौष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा खराबी आएपछि उडान प्रभावित भएको छ ।

‘एरिया एप्रोचको पावर सप्लाईमा प्रबलमका कारण भीसीसीएस बिग्रिएकाले त्यसलाई परिवर्तन गर्ने काम भइरहेको जनाएको छ ।

उपत्यका भित्रको सञ्चारका लागि विमानस्थल टावरले काम गर्ने र बाहिरको क्षेत्रका लागि भीसीसीएस उपकरण चाहिने भएकाले परिवर्तन गरी सञ्चालन ल्याउने बताएका छन।

एक घण्टा अगाडिदेखि उडान प्रभावित भएको छ भने ‘अराइभलमा डिस्टर्ब छैन, डिपार्चरमा अलि–अलि डिस्टर्ब भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।