राजनीति

कांग्रेसले छायाँ सरकार बनाउने



काठमाडौँ, २४ पौष । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । कांग्रेसले छायाँ सरकारका लागि मन्त्रालय रोजेर नाम पेश गर्न संसदहरुलाई आग्रहसमेत गरेको छ । छायाँ सरकार बनाउँदा कुनै पनि एक जना सांसदले तीनवटा मन्त्रालयको नाम रोजेर बनाउन सक्ने बताइएको छ ।