बर्दिया, २४ पौष । बर्दियामा आफ्नै श्रीमती हत्याको आरोपमा एक युवकलाई पक्राउ परेको ।
मंगलबार बिहान गुलरिया नगरपालिका-५ कृष्णासरटोल बस्ने ३५ वर्षीय मोहन बोहरालाई २५ वर्षीया श्रीमती सुष्मा कुँवरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
हत्या पछि फरार रहेका बोहरालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले खोजी गर्ने क्रममा पक्राउ गरेको हो । बोहरालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्