मनोरञ्जन

रमाइलो गरेको हो, धर्मप्रचार गरेको होइन : श्रृंखला



काठमाडौँ, २६ पौष । मिस नेपाल श्रृंखला खतिवडाले चेपाङ गाउँका बच्चाहरुलाई ‘क्रिसमस डे’मा धर्मप्रचार नभइ रमाइलो मात्रै गरेको बताएकी छिन ।

मिस नेपाल खतिवडाले चेपाङ गाउँका बच्चाहरुसग क्रिसमस टोपी लगाएको तस्बीरले क्रिस्चियानिटीको प्रचार गरेको’ भन्दै धेरैले आलोचना गरेका  थिए । श्रृंखलाले भने धर्म प्रचारको उद्देश्यले नभई रमाइलोका लागि बच्चाहरुलाई क्रिसमस टोपी लगाइदिएको बताइन् ।

उनले त्यस गाउँमा पुगी ब्ल्यांकेट, लुगाफाटासहितका सामग्री वितरण गरेकी थिइन् । उनले क्रिसमस टोपी लगाएको तस्बीर त्यही बेलाको बताएकी छिन ।

चेपाङ गाउँ ताम्लाङमा श्रृंखलाले हेल्थ पोष्ट निर्माण गर्दै छिन् । उनले तीन महिनाभित्र हेल्थ पोष्ट सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताइन् ।